६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त

भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त
अ+ अ-

चितवन। भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ ।

स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ ।

अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।

यसबापत अस्पतालले हालसम्म रु तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रकम प्राप्त गरिसकेको पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालको बिमा कार्यक्रममा २४सै घण्टा कर्मचारी बसेर दाबी भुक्तानीको काम गरिरहेका छन् । देशका अन्य अस्पतालहरूबाट समेत स्वास्थ्य बिमा कार्यक्रमको यहाँबाट भइरहेका कामको प्रकृति हेर्न र सिक्न आउने गर्दछन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाको भएका बताउनुभयो । तीसहित सबै बिरामीका लागि एकै दिनमा सेवा दिने गरी सहज व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले पालो कुर्नुपर्ने सेवाहरूमा समय कम गर्दै लगिएको जानकारी दिनुभयो ।

नगद काउन्टर थप गरिएको, टिकटलाई अनलाइन गरिएको, शल्यक्रियाको पालो घटाउँदै लगिएको, टिकटको समय बढाइएको भन्दै उहाँले अन्य सेवालाई पनि क्रमशः सहज बनाइने बताउनुभयो । देशभरका अस्पतालहरूमा भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजना नमूना कार्यक्रमका रूपमा लिने गरिएको उहाँको भनाइ छ ।

अस्पतालमा पछिल्लो समय बिरामीको उच्च चाप हुने गरेको छ । बहिरङ्ग (ओपिडी) सेवामा एकै दिन गत मङ्गलबार तीन हजार ७५१ जना बिरामी आएका थिए । जसमध्ये स्वास्थ्य बिमाका मात्रै दुई हजार ९४८ रहेका थिए ।

यहाँ चितवनसहित २२ जिल्लाबाट नियमित बिरामी आउने गरेका छन् । ठूलो सङ्ख्यामा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । रासस