११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश: सडक दुर्घटनामा १६ जनाको मृत्यु



अ+ अ-

ढाका। बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्व सिल्हट क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ७ः३० बजे दुई यात्रु बाहक बसहरू आपसमा ठक्क्र खाँदा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको सिल्हट जिल्लाका प्रहरी उपरिक्षकका चौधरी एमडी जाबेर सादेकले बताउनुभयो ।

प्रहरी उपरिक्षक सादेकका अनुसार आठ जना घटनास्थलमै मृत्यु भएको र एक जनाको घाइते अवस्थामा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा थप १४ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । त्यसैगरी ढाकाबाट करिब १९७ किलोमिटर उत्तरपश्चिमको बोगुरा जिल्लामाभएको अर्को एकसडक दुर्घटनामा सात जनाको मृत्यु भएको र १५ जना घाइते भएको स्थानीय दमकल सेवा तथा नागरिक सुरक्षा कार्यालयका अधिकारी एमडी शाहिदुल इस्लामले बताउनुभयो ।

उहाँले दुर्घटना बिहान ५ः३० बजे भएको र तीव्र गतिमा चलाइएको बस नियन्त्रण बाहिर गएर सडकछेउका कामदारहरूको समूहमाथि ठोक्किएको बताउनुभयो ।

सबै घाइतेहरूलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको उहाँले थप्नुभयो । रासस