२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादललाई पराजित गर्न भूमिका खेलेको भन्दै एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदसँग स्पष्टिकरण सोध्ने भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण सोधिनेहरुः 
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्रप्रसाद पाण्डे
३. अरुण प्रसाद नेपाल
४. बसन्तप्रसाद मानन्धर
५. रचना खड्का
६. कृष्णप्रसाद खनाल शर्मा
७. शान्तिप्रसाद पौडेल 
८. मुनु सिग्देल
९. इन्दमाया गुरुङ
१०. मिना ज्ञवाली 
११. बसुन्धरा हुमागाईँ
१२. लक्ष्मण लम्साल 
१३. कुसुम कुमार कार्की 
१४.पार्वती सिलवाल