२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध  उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गर्नुभएको हो  ।

अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स रहेका छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले प्रदान गरेको थियो ।

यस्तै युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने बताइएको छ ।