१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकल चालकमाथि मुक्का हान्ने विराटनगरका युवा पक्राउ



अ+ अ-

काठमाडौँ । विराटनगरमा साइकल चालकमाथि मुक्का प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले १९ वर्षीय आयुष भेटवाललाई पक्राउ गरेको हो ।

भेटवालले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए । गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए । कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।

राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर आयुषले मुक्का हानेका थिए । मुक्का प्रहारपछि साह सडकमै बेहोस भएर ढलेका थिए ।

बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो । उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

साहको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 




भर्खरै