१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिसेफका लागि नेपाल प्रतिनिधिमा अकुङ्गा नियुक्त



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नेपालका लागि नयाँ देशीय प्रतिनिधिमा केन्याली नागरिक एलिस अकुङ्गालाई नियुक्त गरेको छ । नवनियुक्त प्रतिनिधि अकुङ्गाले आज परराष्ट्रमन्त्री एनपी साउदसमक्ष उहाँको कार्यकक्षमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

अकुङ्गासँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, स्वाटिनी, माल्दिभ्स र अफ्गानिस्तानमा गरी दुई दशकभन्दा लामो काम गरेको अनुभव छ । आफ्ना कामका क्रममा अकुङ्गाले विशेषगरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आउनुभएको छ ।

उहाँले दुर्गम र कठिन क्षेत्रमा जीवन रक्षाका लागि आवश्यक मानवीय सहयोगहरू पुर्याउने युनिसेफको प्रयासको संयोजन र कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ । ती प्रयासमा विद्यमान द्वन्द्व र कोभिड–१९ महामारीका चुनौतीहरूबीच अन्य क्षेत्र सँगसँगै स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाइ एवं संरक्षणका क्षेत्रमा बालबालिकाका जरुरी आवश्यकता सम्बोधन भएको सुनिश्चित गर्ने कामसमेत पर्दछ ।

उहाँसँग बालबालिकाको संरक्षण र उनीहरूको स्थितिमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्द्धन, प्रणालीगत सवलीकरण साथै दीगो जलवायु परिवर्तन प्रतिकार्य जस्ता काममा सरकार र अन्य साझेदारसँग हातेमालो गरी काम गरेको अनुभवसमेत रहेको युनिसेफ नेपालले जनाएको छ । रासस