२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना अपडेटः एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर



अ+ अ-

बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन् ।”

ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो । सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस