• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै

बस दुर्घटनामा एकको मृत्यु, ३९ घाइते



बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ । अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस