२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृति सेननले आफ्नै प्रोडक्सन हाउस खोलिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कृतिले सेनन अब निर्माताको रुपमा आफ्नो करियर सुरु गर्न लागेकी छिन् । यसबारे जुलाई ४ मा आधिकारिक घोषणा गर्दै अभिनेत्रीले आफ्नो प्रोडक्सन हाउसको नाम खुलाएकी छिन् ।

कृतिले आफ्नो प्रोडक्सन हाउसको टिजर इन्स्टाग्राममा सेयर गर्दै निकै भावुक पोस्ट लेखेकी छिन् । उनले यो नयाँ सुरुवातका लागि आफू निकै उत्साहित रहेको बताइन् ।

कृतिले इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्– ‘अब गियर परिवर्तन गर्ने समय आएको छ । म यस जादुई एन्डस्ट्रीमा ९ वर्षदेखि मेरो सपनास्वरुप बाँचिरहेको छु । मैले स–साना कदम चालेँ, सिकेँ, आफूलाई विकास गरेँ र कुराहरू सिकेर आज अभिनेत्री बनेकी छु । मलाई फिल्म निर्माणको हरेक पक्ष मन पर्छ ।’

कृतिले थप लेखेकी छिन्– ‘अब धेरै काम गर्ने, अझ राम्रो बन्ने र धेरै सिक्ने र मेरो र तपाईंको मन छुने कथाहरू सुनाउने समय आएको छ । त्यहाँ निरन्तर विकास र आफ्नो सबैभन्दा सुन्दर संस्करण खोज्न आवश्यक छ । अन्ततः मन र ठूलो सपनाको साथ ‘ब्लू बटरफ्लाइ फिल्म्स’ सुरु गर्न धेरै उत्साहित छु । भोलि केही विशेष घोषणा गर्दै । मसँग जोडिनुहोस् ।’

‘आदिपुरुष’ कृति सेननको करियरको सबैभन्दा विवादित फिल्म थियो । जहाँ रिलिजदेखि नै प्रभास–कृतिसहित सबै कलाकारलाई नराम्रोसँग ट्रोल गरिएको थियो । जुन १६ देखि अहिलेसम्म फिल्मको विवाद जारी छ । फिल्मलाई लिएर जनतामा अझै आक्रोश छ । मुद्दा अदालतसम्म पनि पुगेको छ । विवादका बीच कृतिकी आमा गीता उनको समर्थनमा आइन् । तर, उनले पनि ट्रोलिङको सामना गर्नु परेको छ ।