१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो नागरिकता लिएको आरोपमा एक दम्पती पक्राउ



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ का ३९ वर्षीया कलावती चन्द र उनका श्रीमान वर्ष ५८ का गम्भीर चन्द छन्। उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि ब ढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन् । उनले पहिलो श्रीमानबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानबाट नागरिकता बनाएको आरोप ।

२०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि २०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको छ ।