१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै

संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
अ अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ ।

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिनुभएको हो । उपनेता अर्यालले संसद्मा पार्टीको प्रश्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ‘फ्युजन’ बाट पार्टीलाई सही मार्गनिर्देशन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीले विज्ञहरूको रुचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र सोही आधारमा विज्ञहरूको ‘रोस्टर’ तयार गर्ने प्रक्रिया शुरु गरेको छ ।

अर्यालकाअनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न ‘क्लस्टर’ मा विभाजन गरिनेछ । संसद्मा सांसदहरूले राख्ने धारणालाई थप ओजनदार र तथ्यपरक बनाउन एउटा ‘इस्यु कलेक्सन सेन्टर’ (मुद्दा संकलन केन्द्र) समेत स्थापना गरिने जानकारी उहाँले दिनुभयो । उक्त केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सुक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न मद्दत पु¥याउनेछ ।

उपनेता अर्यालले जनताको आवाज सरकारसम्म पु¥याउन र सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन एमालेको भुमिका प्रखर हुनुपर्ने बताउनु भयो । उहाँले पार्टीको दृष्टिकोणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।