१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई

सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका पूर्वसचिव तथा स्थानीय सरकारका विज्ञ हर्कराज राईले संसदीय कार्यप्रणालीलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन सांसदहरूलाई बलियो संस्थागत सहयोग आवश्यक रहेको बताउनुभएको छ।

नेकपा (एमाले) को केन्द्रीय संसदीय विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै राईले अन्तर्राष्ट्रिय संसदीय संघ (आईपियु) को मापदण्डअनुसार प्रभावकारी संसदको मूल्याङ्कन जनप्रतिनिधित्व, विधायिकी कार्यको गुणस्तर, सरकारमाथिको संसदीय निगरानी तथा पारदर्शी र सहभागितामूलक छलफलका आधारमा गरिने उल्लेख गर्नुभयो।

उहाँले सांसदहरूको कार्यबोझ अत्यधिक भए पनि सोहीअनुसार अध्ययनका स्रोत, अनुसन्धान सामग्री र प्राविधिक सहयोगको अभाव रहेको बताउनुभयो। संसदीय जिम्मेवारीसँगै पार्टी, निर्वाचन क्षेत्र र सामाजिक दायित्वका कारण सांसदहरूले विधेयक, नीति तथा तथ्यमा आधारित बहसका लागि पर्याप्त समय नपाउने अवस्था रहेको उहाँको भनाइ छ। यसका कारण विधायिकी बहस अपेक्षाअनुसार गहिरो हुन नसकेको उहाँले औंल्याउनुभयो।

राईले संसदमा उपलब्ध संसदीय निगरानीका प्रभावकारी औजारहरूको पर्याप्त उपयोग हुन नसकेको पनि बताउनुभयो। शून्य समय र विशेष समयमा बोल्ने प्रवृत्ति बढी भए पनि सरकारलाई जवाफदेही बनाउने ध्यानाकर्षण प्रस्ताव, संकल्प प्रस्ताव तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू न्यून रूपमा दर्ता हुने गरेको उहाँले उल्लेख गर्नुभयो। यस्ता संसदीय औजारको प्रभावकारी प्रयोगले सरकारलाई जनताप्रति थप उत्तरदायी बनाउन सकिने उहाँको भनाइ थियो।

उहाँले संसदीय समितिहरू विधेयकमाथिको छलफल र स्थलगत अनुगमनमा मात्रै सीमित नभई नीति, प्रतिवेदन तथा सरकारी कार्यसम्पादनको गहन समीक्षा र अनुगमनमा पनि सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

संसदका गतिविधि आम नागरिक र विशेषगरी युवापुस्तासम्म प्रभावकारी रूपमा पुग्न नसकेको उल्लेख गर्दै राईले सूचना प्रविधिको प्रयोग गरी सांसदहरूको ‘रिपोर्ट कार्ड’ वा ‘ड्यासबोर्ड’ निर्माण गर्न प्रस्ताव गर्नुभयो। यसबाट सांसदहरूले उठाएका विषय क्षेत्रगत तथा विषयगत रूपमा वर्गीकरण गरी सार्वजनिक गर्न सकिने र संसदप्रति नागरिकको पहुँच तथा विश्वास बढ्ने उहाँको विश्वास छ।

राईले संसदीय दल र सांसदहरूलाई पार्टीका विभागबाट अनुसन्धान, विश्लेषण तथा तथ्यमा आधारित नीति सुझाव उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको बताउनुभयो। विभागहरूले आफ्नो विषयगत विशेषज्ञताको उपयोग गरी सांसदलाई बौद्धिक र प्राविधिक सहयोग उपलब्ध गराए संसदको भूमिका अझ प्रभावकारी बन्ने उहाँको भनाइ थियो।

उहाँले सांसदका स्वकीय सचिवहरूको क्षमता अभिवृद्धिमा पनि विशेष जोड दिँदै जनसम्पर्क, सरकारी निकायसँग समन्वय, कानुनी मस्यौदाको अध्ययन तथा सरोकारवालाका चासो बुझ्न सक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।