१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल

राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल
अ अ+ अ-
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले राष्ट्र बैंकको कारबाहीका कारण पदमुक्त भएका व्यक्ति भविष्यमा पुनः कुनै पदका लागि योग्य हुने वा नहुने विषय ऐनमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले प्रस्तावित व्यवस्थामा रहेको अन्योल हटाउन कानुनमै स्पष्ट प्रावधान आवश्यक रहेको बताउनुभयो।

रावलले विधेयकको दफा १०० मा रहेको ‘सचेत गराउने’ र ‘अयोग्य ठहरिने’ व्यवस्थाबीच स्पष्ट भिन्नता हुनुपर्ने उल्लेख गर्दै हालको व्यवस्थाले अन्योल सिर्जना गरेको बताउनुभयो। उहाँले सचेत गराउने कारबाही र पदमुक्ति वा अयोग्य ठहरिने व्यवस्थालाई छुट्टाछुट्टै रूपमा परिभाषित गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले विगतमा राष्ट्र बैंकले सचेत गराउने व्यवस्थालाई पदमुक्तिको आधारका रूपमा प्रयोग नगरेको स्मरण गराउँदै गम्भीर प्रकृतिका कारबाहीमा भने सम्बन्धित व्यक्तिलाई सफाइ पेस गर्ने तथा स्पष्टीकरण दिने अवसर प्रदान गरिने अभ्यास रहेको बताउनुभयो। तर सचेत गराउने प्रक्रियामा यस्तो अवसर नदिइने भएकाले त्यसका आधारमा तत्काल पदमुक्त गर्ने विषय अदालतबाट समेत अस्वीकार भएको उहाँको भनाइ थियो।

रावलले खेलमा रेफ्रीले ‘येलो कार्ड’ र ‘रेड कार्ड’ दिने अवस्थासँग तुलना गर्दै अहिलेको व्यवस्था दुवै अवस्थामा एउटै परिणाम आउनेजस्तो देखिएकाले त्यसलाई कानुनमै स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो।

उहाँले सहकारी नियमनका विषयमा पनि विभिन्न धारणा आएको उल्लेख गर्दै अहिले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएर काम अघि बढाइसकेको जानकारी दिनुभयो। सहकारी नियमनको जिम्मेवारीबारे पनि ऐनमा स्पष्ट व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो।

बैठकमा सहभागी बैंकर्सहरूले पनि प्रस्तावित कारबाहीसम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कानुनी प्रावधान थप स्पष्ट बनाउनुपर्ने धारणा राखेका थिए।