५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलपानी क्रिकेट मैदानको नाम फेरियो



अ+ अ-

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । परिवर्तित नामअनुसार सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरिएको क्यानले जनाएको छ ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरबीचको खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।