काठमाडौं । दक्षिण अफ्रिकामा स्कटल्यान्डविरुद्ध जारी एकदिवसीय अभ्यास खेलमा नेपाल संकटमा परेको छ । नेपालले आफ्नो सातौ विकेट गुमाएसँगै संकटमा परेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाउँदै आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै क्याच आउट भएका थिए ।
तेस्रो नम्बरमा आएका भीम सार्की १४ औं ओभरको पहिलो बलमा ८ रन बनाएर क्याच आउट हुन पुगेका थिए । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए।
जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।