२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल, सात विकेट गुमायो



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकामा स्कटल्यान्डविरुद्ध जारी एकदिवसीय अभ्यास खेलमा नेपाल संकटमा परेको छ । नेपालले आफ्नो सातौ विकेट गुमाएसँगै संकटमा परेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाउँदै आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै क्याच आउट भएका थिए ।

तेस्रो नम्बरमा आएका भीम सार्की १४ औं ओभरको पहिलो बलमा ८ रन बनाएर क्याच आउट हुन पुगेका थिए । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।