६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति



अ+ अ-

काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना, प्रदर्शन तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि १४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

सरकार र महाभियानबीच विभिन्न माग तथा विषयमा छलफलपछि सहमति जुटेको हो। सहमतिपछि महाभियानले हाल सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

पुल्चोकमा जारी धर्ना तथा आन्दोलनका कार्यक्रमसमेत सहमतिसँगै अन्त्य हुने भएका छन्। सरकार र महाभियानबीच भएको १४ बुँदे सहमतिलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइएको छ।