६ भाद्र २०८३, शनिबार
,
Latest
हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा



अ+ अ-

बागलु। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनुभएको छ ।

शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभएको छ ।

अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा बागलुङ इजलासमा आउनुभएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताउनुभयो ।

प्रधानन्यायाधीश शर्माले रु ७९ करोड लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजालस भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो ।

उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उहाँले न्यायसम्बन्धी जनचेताना फैलाउन अधिवक्तहरूको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुङ्गो लगाउन सकेमा जनतालाई सहज हुने बताउनुभयो ।

“दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ, पछिल्लो समय उच्च आदलत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधासम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ”, प्रधानन्यायाधीश शर्माले भन्नुभयो, “जनताले छिटो न्याय पाएमात्रै न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ ।”

प्रन्या शर्माले देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबर्जस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उहाँको भनाइ छ । अदालतलाई प्रविधिमैत्री बनाउँदामात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै अदालतलाई प्रविधिमैत्री बनाइरहेको जानकारी दिनुभयो । जिल्ला अदालत नै पहिलो न्यायको ढोका रहेकाले सकभर जिल्ला अदालतबाटै न्याय दिने प्रणालीको विकास गर्न थालिएको उहाँले स्पष्ट पार्नुभयो ।

जिल्ला अदालत बागलुङमा पछिल्ला केही वर्षयता मुद्दा फछ्र्योटको दरमा सुधार देखिएको अवलोकनका क्रममा पाइएको उहाँको भनाइ छ । आव २०८२/८३ मा जिल्ला अदालत बागलुङले कुल मुद्दाको लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै बाँकी मुद्दाको सङ्ख्या घटाएर १९७ पुर्याएको छ, जुन तथ्याङ्क पाँच वर्षयताकै थोरै बाँकी मुद्दा हो ।

प्रधानन्यायाधीश डा शर्माले आजै बिहान प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेशकै उत्कृष्ट शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरको आज बिहान पूजाआजासहित कालिका देवीको दर्शन गर्नुभएको हो । रासस