२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दियो



KUALA LUMPUR, MALAYSIA – JUNE 01: during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 01, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)
अ+ अ-

काठमाडौं । नेपालले महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनायो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाइन् । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३ रन बनाउदा सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट हुदा विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाकाी निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

नेपालको प्लेइङ ११:

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।




भर्खरै