६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दियो



KUALA LUMPUR, MALAYSIA – JUNE 01: during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 01, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)
अ+ अ-

काठमाडौं । नेपालले महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा मलेसियालाई जितको लागि १११ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनायो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाइन् । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३ रन बनाउदा सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट हुदा विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाकाी निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

नेपालको प्लेइङ ११:

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।