१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार पटकको च्याम्पियन चेन्नई १२ औं प्लेअफ खेल्दै



अ+ अ-

एजेन्सी । १६ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफका खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वालिफायर–१ मा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सको चुनौती ४ पटकको विजेता चेन्नई सुपर किंग्ससँग छ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको चेपौक स्टेडियममा हुनेछ ।

खेल जित्ने टोलीले फाइनलको टिकट पाउनेछ भने हार्ने टोली क्वालिफायर–२ मा पुग्नेछ । जहाँ उसले एलिमिनेटरको विजेतासँग खेल्नेछ । गत सिजनमा नवौं नम्बरमा रहेको चेन्नई सुपर किंग्सले यो सिजन भने उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि टोलीले ८ खेल जितेको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ५ खेल गुमाएको छ भने एक खेल वर्षाका कारण अनिर्णित रह्यो । चेन्नई गुजरातपछि १७ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रह्यो । शीर्ष २ मा रहेर चेन्नईले अब क्वालिफायर–१ खेल्ने भएको हो ।

चेन्नईका ओपनर डेभोन कोनवे र ऋतुराज गायकवाड दुवैले लिग चरणमा ५०० भन्दा बढी रन बनाए । दुबैले ६८८ रनको साझेदारी पनि गरे, जसको मतलब सीएसकेका ओपनरहरूले बलियो सुरुवात गरे । ओपनर बाहेक मिडल अर्डरमा अजिंक्य रहाणे र शिवम दुबेले पनि यो सिजन १६० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाए । योसँगै रविन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जडेजाले यो सिजन ८ छक्का र धोनीले १० छक्का प्रहार गरेका छन् ।

खराब बलिङका कारण चेन्नई सुपर किंग्सले सुरुवाती खेलमा धेरै रन दियो । पावरप्ले विशेषज्ञ बलर दीपक चाहरले चोटका कारण धेरै खेल गुमाएका थिए, तर चौथो खेलपछि टोलीमा सामेल भएका श्रीलंकाका ‘जुनियर मलिंगा’ माथिशा पथिरानाले चेन्नईको बलिङ लाइनअपमा नयाँ उर्जा थपेका थिए । उनले मध्य ओभरमा रन रोक्ने र डेथमा विकेट समेत लिए । उनले १५ विकेट लिएका छन् जसमध्ये १४ विकेट १६ र २० ओभरको बीचमा लिएका छन् ।

पथिराना बाहेक तुषार देशपाण्डेले सुरुवाती खेलहरुमा विकेट त लिएका थिए तर धेरै रन पनि दिइरहेका थिए । तर पछिल्ला खेलहरूमा उनले कम रन दिए । उनी २० विकेट लिएर पर्पल क्यापको छैटौं नम्बरमा छन् । यी दुई बाहेक रविन्द्र जडेजाले १७ विकेट र दीपक चाहरले १० विकेट लिएका छन् ।

चेन्नईको स्क्वाडमा २५ खेलाडीहरू छन्, तर १८ खेलाडीहरूले मात्र खेल्ने मौका पाए । धेरै कम लागतका खेलाडीले टोलीको लागि राम्रो प्रदर्शन गरिरहे । यद्यपि, जडेजा, गायकवाड, धोनी र शिवम दुबे जस्ता करोड मूल्य भएकाहरूले पनि निराश गरेनन् ।

करोड मूल्य भएकाहरूमध्ये बेन स्टोक्स (१६.२५ करोड), अम्बाती रायुडु (६.७५ करोड)को प्रदर्शन सुस्त रह्यो । अर्कोतर्फ टिमका लागि २० लाखका तुषार देशपाण्डेले २० र मथिशा पथिरानाले १५ विकेट लिए । ५० लाखका अजिंक्य रहाणेले पनि १६९ भन्दा माथिको स्ट्राइक रेटमा २८२ रन बनाए ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी ४१ वर्षका भएका छन् । धेरै क्रिकेट विज्ञहरू २०२३ उनको अन्तिम सिजन हुन सक्ने विश्वास गर्छन् । यस्तो अवस्थामा चेन्नईले आफ्नो घरेलु मैदानमा दर्शकहरूको समर्थन पाइरहेको छ, अवे खेलहरूमा पनि स्टेडियम चेन्नईका समर्थकहरूले भरिएको छ ।

कयौं पटक यस्तो भएको छ कि अन्तिम ओभरमा धोनीको ब्याटिङ हेर्न दर्शक जडेजाको विकेटको लागि हुटिङ गर्ने हदसम्म पुगेका थिए । धोनी क्रिजमा आउनेबित्तिकै फ्यानहरूले ‘धोनी…धोनी…’ नारा गुन्जाउन थाल्छन् । धोनीले पनि आफ्ना फ्यानहरूलाई निराश गरेनन् र यस सिजनमा १० छक्का प्रहार गरे ।

सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (विकेटकिपर र कप्तान), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, तुषार देशपांडे, मथिशा पथिराना र महिश तीक्षाना ।

इम्प्याक्ट प्लेयरः अम्बाती रायुडु, मिचेल सान्टनर, शुभ्रांशु सेनापति, शेख राशिद र आकाश सिंह ।