२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार पटकको च्याम्पियन चेन्नई १२ औं प्लेअफ खेल्दै



अ+ अ-

एजेन्सी । १६ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफका खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वालिफायर–१ मा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सको चुनौती ४ पटकको विजेता चेन्नई सुपर किंग्ससँग छ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको चेपौक स्टेडियममा हुनेछ ।

खेल जित्ने टोलीले फाइनलको टिकट पाउनेछ भने हार्ने टोली क्वालिफायर–२ मा पुग्नेछ । जहाँ उसले एलिमिनेटरको विजेतासँग खेल्नेछ । गत सिजनमा नवौं नम्बरमा रहेको चेन्नई सुपर किंग्सले यो सिजन भने उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि टोलीले ८ खेल जितेको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ५ खेल गुमाएको छ भने एक खेल वर्षाका कारण अनिर्णित रह्यो । चेन्नई गुजरातपछि १७ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रह्यो । शीर्ष २ मा रहेर चेन्नईले अब क्वालिफायर–१ खेल्ने भएको हो ।

चेन्नईका ओपनर डेभोन कोनवे र ऋतुराज गायकवाड दुवैले लिग चरणमा ५०० भन्दा बढी रन बनाए । दुबैले ६८८ रनको साझेदारी पनि गरे, जसको मतलब सीएसकेका ओपनरहरूले बलियो सुरुवात गरे । ओपनर बाहेक मिडल अर्डरमा अजिंक्य रहाणे र शिवम दुबेले पनि यो सिजन १६० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाए । योसँगै रविन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जडेजाले यो सिजन ८ छक्का र धोनीले १० छक्का प्रहार गरेका छन् ।

खराब बलिङका कारण चेन्नई सुपर किंग्सले सुरुवाती खेलमा धेरै रन दियो । पावरप्ले विशेषज्ञ बलर दीपक चाहरले चोटका कारण धेरै खेल गुमाएका थिए, तर चौथो खेलपछि टोलीमा सामेल भएका श्रीलंकाका ‘जुनियर मलिंगा’ माथिशा पथिरानाले चेन्नईको बलिङ लाइनअपमा नयाँ उर्जा थपेका थिए । उनले मध्य ओभरमा रन रोक्ने र डेथमा विकेट समेत लिए । उनले १५ विकेट लिएका छन् जसमध्ये १४ विकेट १६ र २० ओभरको बीचमा लिएका छन् ।

पथिराना बाहेक तुषार देशपाण्डेले सुरुवाती खेलहरुमा विकेट त लिएका थिए तर धेरै रन पनि दिइरहेका थिए । तर पछिल्ला खेलहरूमा उनले कम रन दिए । उनी २० विकेट लिएर पर्पल क्यापको छैटौं नम्बरमा छन् । यी दुई बाहेक रविन्द्र जडेजाले १७ विकेट र दीपक चाहरले १० विकेट लिएका छन् ।

चेन्नईको स्क्वाडमा २५ खेलाडीहरू छन्, तर १८ खेलाडीहरूले मात्र खेल्ने मौका पाए । धेरै कम लागतका खेलाडीले टोलीको लागि राम्रो प्रदर्शन गरिरहे । यद्यपि, जडेजा, गायकवाड, धोनी र शिवम दुबे जस्ता करोड मूल्य भएकाहरूले पनि निराश गरेनन् ।

करोड मूल्य भएकाहरूमध्ये बेन स्टोक्स (१६.२५ करोड), अम्बाती रायुडु (६.७५ करोड)को प्रदर्शन सुस्त रह्यो । अर्कोतर्फ टिमका लागि २० लाखका तुषार देशपाण्डेले २० र मथिशा पथिरानाले १५ विकेट लिए । ५० लाखका अजिंक्य रहाणेले पनि १६९ भन्दा माथिको स्ट्राइक रेटमा २८२ रन बनाए ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी ४१ वर्षका भएका छन् । धेरै क्रिकेट विज्ञहरू २०२३ उनको अन्तिम सिजन हुन सक्ने विश्वास गर्छन् । यस्तो अवस्थामा चेन्नईले आफ्नो घरेलु मैदानमा दर्शकहरूको समर्थन पाइरहेको छ, अवे खेलहरूमा पनि स्टेडियम चेन्नईका समर्थकहरूले भरिएको छ ।

कयौं पटक यस्तो भएको छ कि अन्तिम ओभरमा धोनीको ब्याटिङ हेर्न दर्शक जडेजाको विकेटको लागि हुटिङ गर्ने हदसम्म पुगेका थिए । धोनी क्रिजमा आउनेबित्तिकै फ्यानहरूले ‘धोनी…धोनी…’ नारा गुन्जाउन थाल्छन् । धोनीले पनि आफ्ना फ्यानहरूलाई निराश गरेनन् र यस सिजनमा १० छक्का प्रहार गरे ।

सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (विकेटकिपर र कप्तान), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, तुषार देशपांडे, मथिशा पथिराना र महिश तीक्षाना ।

इम्प्याक्ट प्लेयरः अम्बाती रायुडु, मिचेल सान्टनर, शुभ्रांशु सेनापति, शेख राशिद र आकाश सिंह ।