१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य

अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
अ अ+ अ-

रामपुर । बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उहाँ बताउनुहुन्छ । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।

“अदुवा खरिद नगर्ने बाहनामा भारतले कृषकलाई दुःख दिँदै ल्याबटेस्ट प्रमाणित गरेर अदुवा ल्याउन निर्देशन दिने गरेको छ, गाउँमा यस्ता प्रविधि भित्रिएको छैन, कृषकले अदुवा बोकेर ल्याबटेस्ट गर्न कहाँ जाने हो रु नेपाली अदुवाको बजार समस्याको बाधक भारत सरकार बनेको छ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार प्रतिकिलो रु १०० मा बीउ खरिद गरेर अदुवा लगाए पनि कृषकले बिक्री गर्नुपर्दा रु २० देखि ३० पनि नपाउने अवस्था छ ।  उत्पादन भएको अदुवा तत्काल बिक्री नभए पनि भण्डारण गरेर वैशाख १५ देखि असार १५ सम्म सुरक्षित साथ राख्न सकेको खण्डमा त्यसपश्चात् अदुवाले राम्रो मूल्य पाउने कृषक बस्यालको अनुभव छ । तर यहाँ भण्डारणको कुनै व्यवस्था छैन ।

पाल्पामा अदुवाखेती नगदेबालीका रुपमा स्थापित भएको छ । उत्पादनको हिसाबले नेपाल विश्वमा तेस्रो मुलुकमा पर्छ भने पाल्पा अग्रणी जिल्ला मानिन्छ । अन्य जिल्लामा उत्पादन भएको अदुवाको तुलनामा यहाँको अदुवाको छुट्टै विशेषता छ, प्रतिकिलो रु पाँच बढीले बजारमा बिक्री हुन्छ । पछिल्ला वर्षमा भने अदुवाले बजार नपाएको गुनासो बढेको छ ।

एक धार्नी अदुवाले रु २० देखि २५ मूल्य पनि नपाउने अवस्था रहेको बताउनुहुन्छ, अदुवा व्यवसायी समिति (जोन कार्यक्रमअन्तर्गत) अध्यक्ष हेमबहादुर खाम्चा । उहाँ भन्नुहुन्छ, “गाउँमा अदुवाको प्रशस्त उत्पादन हुन्छ, आयआर्जनको बलियो स्रोत अदुवाखेती हो, तर उत्पादित अदुवाको बजार नहुँदा कृषकको मेहनतले प्रतिफल नपाएको अवस्था छ, बजारीकरणको व्यवस्था सम्बन्धित निकायले मिलाउनुपर्छ ।”

यहाँका ग्रामीण भेगका धेरै कृषकको साँझ बिहानको गुजारा चलाउने माध्यम अदुवा व्यवसाय हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन हुन्छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारत बजार नै पर्खनुपर्ने अवस्था छ तर भारतले सहजै अदुवा खरिद नगरेको बताउनुहुन्छ, निस्दी गाउँपालिका–७ बस्ने तुलबहादुर सारु । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाले यस वर्षदेखि अदुवाखेती प्रवद्र्धन गर्न विभिन्न पालिकामा ब्लक तथा जोन कार्यक्रम सुरु गरेको छ । अदुवाको बीउबिजन अनुदान शीर्षकमा रु ५० लाख, भण्डारण प्रशोधनमा रु पाँच लाख, यान्त्रिकरण र सिँचाइमा रु १५ लाख, जिल्लास्तरीय तालिमतर्फ रु एक लाख ४४ हजार, समिति गठन र परिचालनमा रु ८३ हजार, उत्पादकत्व निर्धारणतर्फ रु सात हजार गरी विभिन्न शीर्षकमा करिब रु ८२ लाख ३४ हजार रकमको काम हुँदैछ ।

बिक्रीका लागि भारतकै भर पर्नुपर्दा पछिल्ला वर्षमा जिल्लामा अदुवाको उत्पादन घट्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराई बताउनुहुन्छ । अदुवा खेतीलाई प्रवद्र्धन गर्दै कार्यालयले यसै वर्षदेखि रामपुर, निस्दी, पूर्वखोला र बगनासकालीमा जोन कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

“अदुवालाई विविधीकरण गर्न नसक्दा बजार अभावमा कृषकले अदुवा कुहाउन बाध्य भएका छन्, कार्यालयले कृषकको माग र चाहनाअनुसार उत्पादनका आधारमा अदुवा विविधीकरणमा गर्ने, भण्डारण केन्द्र र प्रशोधन प्रविधिमा सहयोग कार्यक्रम अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो । 

पाल्पामा कूल ८७५।२१ हेक्टर क्षेत्रफलमा अदुवाखेती गर्ने गरिएको कार्यालयको तथ्याङ्क छ । जसअन्तर्गत तानसेन नगरपालिकामा ११२, रामपुर नगरपालिकामा ६०, रैनादेवी छहरा गाउँपालिकामा ५६, रिब्दिकोटमा १४।१६, बगनासकालीमा ३३७, निस्दीमा २७७, तिनाउमा ११।७, पूर्वखोलामा ९८, रम्भामा ४।८५ र माथागढीमा ३३।५ हेक्टर क्षेत्रफल अदुवाखेतीले ढाकेको छ ।  यहाँ वार्षिक उत्पादकत्व १२ टन रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

रामपुर नगरपालिकाको–१ मा अदुवा बेसार पकेट कार्यक्रमअन्तर्गत १४० रोपनी क्षेत्रफलमा खेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । उहाँका अनुसार सबैजसो वडामा अदुवाखेती हुने गरे पनि व्यावसायिक हिसाबले नगरको १, ७ र ९ वडा अदुवा पकेट क्षेत्रका रुपमा रहेको छ । पूर्वखोला गाउँपालिकामा ७० हेक्टर क्षेत्रफलमा यो वर्ष अदुवा ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक सन्तोष कँडेल बताउनुहुन्छ ।

भारत सरकारले समयमा नै अदुवा खरिद नगर्ने, कृषकको लागत मूल्य नै नउठ्ने गरी अदुवाको मूल्य कायम गर्दा कतिपय कृषकले बारीमै अदुवा कुहाउन बाध्य छन् । उत्पादनसँगै भण्डारणको राम्रो व्यवस्था भएमा अदुवाले राम्रै बजार पाउँछ ।

पाल्पा जिल्लामा २७ वर्षदेखि अदुवाको व्यावसायिक खेती गरिएको छ । जङ्गली जनावरले नखाने, नगदेबालीका रुपमा रुपमा रहेको अदुवालाई भण्डारण गरेर राख्ने, विभिन्न प्रविधिबाट विविधीकरणको व्यवस्था गर्न सकियो भने यसले राम्रै लाभ लिन सकिन्छ । भण्डारणको व्यवस्था ठाउँठाउँमा व्यवस्था गरेमा अदुवा नबिक्ने समस्या हट्नेछ ।

पछिल्लो पाँच वर्षयता भारतले अदुवा खरिदमा आलटाल गर्दा पाल्पाली अदुवा व्यवसायी कृषक मारमा परिरहेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतका रुपमा अदुवा रहेको छ । व्यापारीले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनतअनुसारको भाउ कृषकले नपाएका हुन् ।

यहाँ वर्षेनी १२ हजारदेखि १३ हजार मेट्रिकटनसम्म अदुवा उत्पादन हुने गर्दछ । त्योमध्ये पाँच हजारदेखि छ हजार मेट्रिकटन अदुवा भारत बजारमै बिक्री हुने गरेको पाइएको छ । भारतमा कम अदुवा उत्पादन हुदा पाल्पाका अदुवा खरिद गर्ने र त्यहाँ अदुवाको उत्पादन बढेपछि अदुवा खरिद नगर्ने गरेको पाइएको छ ।

नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या आइरहेको छ । वर्षेनी अदुवाको मूल्य उतारचढावले कृषकलाई व्यवसायमा ठुलो नोक्सानी पारेको छ । पाल्पामा उत्पादन भएको अदुवा जिल्ला अदुवा उत्पादक सङ्घ पाल्पामार्फत भारतमा निर्यात हुने गर्छ । मूल्यमा उतारचढावका कारण गाउँगाउँमा अहिले अदुवा उत्पादन गर्ने कृषक कम हुँदै गएका छन् । 

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत पाँच वर्षअघि उद्योग वाणिज्य सङ्घमार्फत अदुवा खेतीका लागि प्रवद्र्धन गरी व्यावसायिकरुपमा अगाडि बताइएको हो । 

जिल्लाको गल्धा, सहलकोट, बाकामलाङ्ग, भैरवस्थान, पालुङ्गमैनादी, फेक, ठिमुरे, खानीगाउँ, पूर्वखोला र बराङ्गी क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । अदुवामा चुनौती रहेकाले सरकारले एउटा नीति बनाएर अदुवाको बजार व्यवस्थापन गर्न कृषकको माग छ ।