१ भाद्र २०८३, सोमबार
,
Latest
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाइँलाई गधामा चढाएर होली मनाइने यो अनौठो गाउँ



अ+ अ-

एजेन्सी । रङहरुको पर्व होली नेपालसहित भारतमा पनि देशैभर हर्षोल्लासका साथ मनाइँदैछ । 

होली पर्व भारतका विभिन्न जिल्लामा फरक–फरक तरिकाले मनाइन्छ । जसमध्ये भारतको एउटा यस्तो ठाउँ रहेको छ जहाँ होली अनौठो तरिकाले मनाइन्छ, जसको बारेमा थाहा पाउँदा तपाईं अचम्म पर्नुहुनेछ । 

महाराष्ट्रको बीड जिल्लामा होली अनौठो तरिकाले मनाइन्छ । यहाँ होलीको दिन ज्वाइँलाई गधामा बोकेर घुम्ने गरिन्छ । बीड जिल्लामा ८० वर्षदेखि यसरी होली मनाउने चलन रहँदै आएको छ । 

बीड जिल्लाको एउटा गाउँमा यसरी होली मनाउने चलन चलिआएको हो । यस गाउँमा मानिसहरूले होलीको दिन आफ्नो नयाँ ज्वाइँलाई घर आउन निम्तो दिन्छन् ।

बीड जिल्लाको यो गाउँमा ती ज्वाइँको खोजी गरिन्छ जसको हालसालै विवाह भएको हुन्छ । यो अनौठो परम्परा गाउँको ज्वाइँसँग गरिन्छ । होलीको दिन ज्वाइँलाई गधामा बसाएर रङ लगाई घुमाउने गरिन्छ । यसबाहेक ज्वाइँलाई मानिसले उपहार पनि दिने गर्छन् ।

करिब ८० वर्षअघि बीड जिल्लाको विडा येवता गाउँमा एक देशमुख परिवार रहेको थियो । यस परिवारका ज्वाइँले होलीको दिन रङ लगाउन मानेनन् । यसपछि ससुराले उनलाई रङ्ग लगाउन मनाए । यसपछि ससुराले फूलले सजाइएको गधा ल्याउने आदेश दिँदै आफ्नो ज्वाइँलाई त्यसमा बसाएर पूरै गाउँ घुमाए । त्यसयता यो चलन चल्दै आएको हो ।

मिडिया रिपोर्टका अनुसार आनन्दराव देशमुख नामका व्यक्तिले यो परम्परा सुरु गरेका थिए । आफ्नो ज्वाइँसँग यस्तो होली मनाउने उनी पहिलो व्यक्ति हुन् ।