• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध ★   कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने ★   इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार ★   हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन् ★   न्युरोडमा फुटपाथ बढाउने काम फेरि अघि बढाइँदै ★   कुकुरलाई पिटेको निहुँमा छोराबाट बाबुको हत्या ★   नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु ★   ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व ★   बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’ ★   रोहितले भने – फाइनलमा एक समय यस्तो थियो कि मेरो दिमाग शून्य थियो

वेस्टहामसँग हार्यो म्यान्चेस्टर युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन एकमात्र निर्णायक गोल सेड बेनराहमाले गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै म्यान्चेस्टर युनाइटेड ३४ खेलबाट ६३ अंकका साथ तालिकाको चौंथो स्थानमा रहँदा वेस्टहाम ३५ खेलबाट ३७ अंकका साथ १५ औं स्थानमा छ ।