४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामाथि नेपाल २ रनले विजयी



अ+ अ-

काठमाडैँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले जित निकालेको छ ।

नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको हो । अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा भने रोचक जित निकाल्यो ।

सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् भने बिन्दु रावलले २० रनको योगदान दिइन् ।

११३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का डेभलपमेन्टका लागि भी बालासूर्याले सर्वाधिक ३८ रन जोडिन् भने आर नेथ्रान्जलीले २६ रन बनाइन् । श्रीलङ्का एक बल खेल्न बाँकी हुँदा अलआउट भएको थियो ।

नेपालका लागि कविता जोशीले तीन विकेट लिइन् भने कृतिका मरासिनीले दुई विकेट हात पारिन् ।

नेपालले साउन ४ गते यूएईविरुद्ध एसिया कपको पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएईसँगै भारत र पाकिस्तान छन् । एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् ।




भर्खरै