४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामाथि नेपाल २ रनले विजयी



अ+ अ-

काठमाडैँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले जित निकालेको छ ।

नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको हो । अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा भने रोचक जित निकाल्यो ।

सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् भने बिन्दु रावलले २० रनको योगदान दिइन् ।

११३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का डेभलपमेन्टका लागि भी बालासूर्याले सर्वाधिक ३८ रन जोडिन् भने आर नेथ्रान्जलीले २६ रन बनाइन् । श्रीलङ्का एक बल खेल्न बाँकी हुँदा अलआउट भएको थियो ।

नेपालका लागि कविता जोशीले तीन विकेट लिइन् भने कृतिका मरासिनीले दुई विकेट हात पारिन् ।

नेपालले साउन ४ गते यूएईविरुद्ध एसिया कपको पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएईसँगै भारत र पाकिस्तान छन् । एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् ।