२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक



अ+ अ-

एजेन्सी । श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट टोली यसै महिना श्रीलंका भ्रमणमा जानेछ ।

भारतीय टोलीले श्रीलंकामा तीन खेलको टी–२० सिरिज र सोही संख्याको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० सिरिजको पहिलो खेल २७ जुलाईमा हुनेछ । तर, हार्दिक पाण्ड्या एकदिवसीय शृंखलामा सहभागी हुने छैनन् ।

समाचार एजेन्सी पीटीआईले बीसीसीआईको स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा भनेको छ, ‘हार्दिक पाण्ड्या भारतीय टी(२० टोलीका उपकप्तान थिए। उनी पूर्ण रूपमा फिट छन् र तीन खेलको टी–२० सिरिजका लागि पनि उपलब्ध छन् । त्यसैले उनी कप्तान हुनेछन्श्री ।’ श्रीलंकाविरुद्धको टी–२० सिरिजमा शुभमन गिल वा सूर्यकुमार यादव उपकप्तान हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

भारत र श्रीलंकाबीच जुलाई २७ बाट तीन खेलको टी–२० सिरिज खेलिनेछ । रोहित शर्माले टी–२० विश्वकप जितेर टी–२० क्रिकेटबाट अलग भएका छन् । यस्तो अवस्थामा भारतीय क्रिकेट बोर्डले यो फर्म्याटका लागि नयाँ कप्तानको खोजी गरिरहेको छ । यद्यपि, हार्दिक पाण्ड्या टी–२० मा भारतीय टोलीको स्थायी कप्तान रहने वा नहुने भन्ने टुंगो लागेको छैन ।

एकदिवसीय शृङ्खलाका बारेमा हार्दिकले व्यक्तिगत कारणले ब्रेक मागेको र यसबारे नियमित कप्तान रोहित शर्मालाई जानकारी गराएका छन् । मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई श्रीलंका विरुद्धको एकदिवसीय श्रृंखलामा भाग लिउन् भन्ने चाहन्छन् ।

बीसीसीआई सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने सबै स्टार क्रिकेटरले घरेलु क्रिकेट खेल्नुपर्ने स्पष्ट पारेका छन् । तर, रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई भने छुट दिइएको छ ।