• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदीय समितिको निर्देशन: भाषण होइन काम गर्नुस् ★   वर्ल्डलिंकप्रति उपभोक्ताको गुनासो, शुल्क अनुसारको सेवा पाइएन ★   हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा ★   सय दिन नपुग्दै संसदमा दाहालले सरकारको आलोचना गर्नु गलत: एमाले सांसद पन्त ★   नेप्से परिसूचकमा निरन्तर गिरावट ★   वर्तमान सरकार लुटेराहरुको सरकार–प्रभु साह ★   विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन ★   अन्तरिक्षमा फँसेका सुनिता विलियम्स र ब्यारी विल्मोरले ६ महिना के गर्छन् ? ★   आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह ★   प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

रोहितले भने – फाइनलमा एक समय यस्तो थियो कि मेरो दिमाग शून्य थियो



एजेन्सी । भारतीय टोलीका पूर्वकप्तान रोहित शर्माले टी–२० विश्वकपको फाइनल जितसँग जोडिएको एउटा क्षण सेयर गरेका छन् । रोहित शर्मालाई एक समय यस्तो आयो जब उनको दिमाग शून्य भयो र उनले केहि बुझ्न सकेनन् ।

उनले भने– ‘हेनरिक क्लासेनले २३ बलमा अर्धशतक बनाएका थिए, उनका लागि यो ४–५ बलको खेल मात्र थियो । तर मलाई दिइएको जिम्मेवारीमा ध्यान केन्द्रित गर्नु मेरो लागि महत्त्वपूर्ण थियो ।’

टी–२० विश्वकपको फाइनलमा भारतलाई १७६ रनको लक्ष्य दिइएको थियो । दक्षिण अफ्रिका १६९ रनमा सीमित रह्यो र खेल ७ रनले जित्यो ।

डलासमा एक कार्यक्रमको क्रममा रोहित शर्माले भने, ‘हाम्रो सम्पूर्ण टोली शान्त रह्यो र योजना अनुसार चल्यो । अन्तिम ५ ओभर धेरै गाह्रो थियो । म धेरै अगाडि सोचिरहेको थिइनँ । त्यो क्षणमा म खेलमा रहिरहनु धेरै महत्त्वपूर्ण थियो । बलियो रहनु र आफ्नो जिम्मेवारी पूरा गर्नु ।’

‘हामी सबै शान्त रह्यौं र हामीले बनाएको योजना पूरा गर्ने प्रयास गर्यौं । यति धेरै दबाबमा पनि शान्त रहनुले सम्पूर्ण टोलीलाई धेरै मद्दत गर्यो । दक्षिण अफ्रिकालाई ३० बलमा ३० रन आवश्यक थियो । हामीले बलिङ गर्ने तरिकाले हामी कति शान्त थियौं भन्ने देखाउँछ । हामीले धेरै सोचेका थिएनौं, केवल हाम्रो काम गरिरहेका थियौं । यो हाम्रो लागि लाभदायक साबित भयो ।’