१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व
अ अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

“सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार रु दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइनसकेको छैन,” थापाले भन्नुभयो ।

त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिनुभयो । “गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ रु चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार रु तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,” धिमालले भन्नुभयो ।

राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्यौट गरेको धिमालले जानकारी दिनुभयो । रासस