• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको पधाधिकारी चुन्न मतदान जारी ★   प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयो: प्रमुख सचेतक बर्तौला ★   कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनीत – सूचीसहित ★   सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैन: सभापति लामछिाने ★   अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध ★   राष्ट्रपतिसँग ओमानका विदेशमन्त्रीको शिष्टचार भेट ★   अरुणिमा-बिमलेश अभिनीत वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक ★   लेखा समितिको सभापति पाउनुपर्ने माओवादी केन्द्रको माग जायज छ: चित्रबहादुर केसी ★   आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान ★   गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार

कुकुरलाई पिटेको निहुँमा छोराबाट बाबुको हत्या



बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।