२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरलाई पिटेको निहुँमा छोराबाट बाबुको हत्या



अ+ अ-

बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।