• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा निरन्तर गिरावट ★   वर्तमान सरकार लुटेराहरुको सरकार–प्रभु साह ★   विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन ★   अन्तरिक्षमा फँसेका सुनिता विलियम्स र ब्यारी विल्मोरले ६ महिना के गर्छन् ? ★   आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह ★   प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट ★   सरकारलाई काँग्रेस सांसद साउदको सुझाव: संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौँ ★   मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहारको आरोप ★   वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम ★   जग्गा प्राप्ति विद्युत प्रशारण लाइनको अहिलेको मुख्य समस्या: शक्ति बस्नेत

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनुभयो । सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक महतोको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।