• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली ★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट

चिनियाँ विदेशमन्त्री वाङ यी चैत्र १२ गते नेपाल आउने



काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको ले यही चैत्र १२ (मार्च २६  तारिखमा ) दुई दिने नेपाल भ्रमण गर्ने तय भएको छ । विदेशमन्त्रीको भ्रमणलाई लिएर दुवै मुलुकबीच तयारी भइरहेको बताइएको छ । 

स्रोतका अनुसार विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा विदेशमन्त्री यीको भ्रमण हुन लागेको हो ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो ।

तिनै सहमति र सम्झौताबारे के कति प्रगति भयो भन्नेबारे छलफल गर्न विदेशमन्त्री यीको भ्रमण हुन लागेको स्रोतले बताएको छ । नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने उच्च स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुखदलका शिर्षनेताहरु लाई पनि भेट गर्ने स्रोतले जनायो ।