५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियलको सहज जित, बेन्जेमाद्वारा ह्याट्रिक



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा रियलले भालाडोलिडलाई ६–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियलको फराकिलो जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे भने रोड्रिगो, मार्को एसेन्सिओ र लुकास भाज्क्वेजले एक–एक गोल गरे ।

खेलको २९, ३२ र ३६ औं मिनेटको छोटो समयमा नै बेन्जेमाले ह्याट्रिक पूरा गरे । खेलको २२ औं मिनेटमा रोड्रिगोको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । यस्तै, एसेन्सिओले ७३ औं र भाज्क्वेजले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरे ।

जितसँगै २७ खेलबाट ५९ अंकसहित रियल तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेलबाट २८ अंकसहित भालाडोलिड १६ औं स्थानमा छ ।