२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौँ।  सर्लाहीको मलङ्गवा नगरपालिका-८ स्थित सडकमा ज१त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका-५ बस्ने २३ वर्षीया गुरीया कुमारीको आज मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गुरीयाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना५ख २३६० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री कपिलवस्तु-२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको आज दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस