७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियलको सहज जित, बेन्जेमाद्वारा ह्याट्रिक



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा रियलले भालाडोलिडलाई ६–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियलको फराकिलो जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे भने रोड्रिगो, मार्को एसेन्सिओ र लुकास भाज्क्वेजले एक–एक गोल गरे ।

खेलको २९, ३२ र ३६ औं मिनेटको छोटो समयमा नै बेन्जेमाले ह्याट्रिक पूरा गरे । खेलको २२ औं मिनेटमा रोड्रिगोको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । यस्तै, एसेन्सिओले ७३ औं र भाज्क्वेजले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरे ।

जितसँगै २७ खेलबाट ५९ अंकसहित रियल तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेलबाट २८ अंकसहित भालाडोलिड १६ औं स्थानमा छ ।