२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा



अ+ अ-

काठमाडौँ। नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् । जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन् । उनीहरूको रेटिङ अङ्क क्रमशः ३२० र २७५ रहेको छ ।

आसन्न एसिसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा ऐरी वरियताको शीर्ष स्थानमा उक्लिने सम्भावना छ । यस्तै, ‘टी–२० अलराउन्डर’ वरियतामा नेपालका कुशल भुर्तेल २७औँ, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा रहेका छन् । रासस