५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री



अ+ अ-

मुम्बई। भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीद्वारा लेखिएका नोटहरूको सङ्ग्रह मुम्बईमा एक करोड ७० लाख डलरमा बिक्री भएका छन् । यो भारतीय ऐतिहासिक दस्तावेजका लागि तिरिएको हालसम्मको सबैभन्दा उच्च मूल्य हो।

मुम्बईस्थित लिलामी कम्पनी ‘साफ्रोन आर्ट’ ले यो सङ्ग्रह गान्धीका नजिकका सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिङ्गरानीको परिवारद्वारा संरक्षित गरिएको बताएको छ ।

यी ६८८ नोटहरू हिङ्गोरानीकी पत्नी विद्याको निधनपछि गान्धीले हिङ्गोरानीलाई सान्त्वना दिनका लागि लेख्नुभएको थियो । तिनलाई ‘अ थट फर द डे’ नामक पुस्तकमा सङ्कलित गरिएको थियो।

सन् १९४४ देखि सन् १९४६ सम्म गान्धीद्वारा लेखिएका हस्तलिखित यी सन्देशहरूले सत्य, ईश्वर र अहिंसालगायतका विभिन्न विषयहरू समेटेका छन् ।

“ह थट फर द डे’ एक करोड ७० लाख डलरमा बिक्री भएको छ । यो लिलामीमा बिक्री भएको भारतीय ऐतिहासिक दस्तावेजका लागि तिरिएको अहिलेसम्मको विश्व रेकर्ड हो,” साफ्रोनआर्टले बिहीबार जारी वक्तव्यमा भनेको छ ।

यी नोटहरू ‘गान्धीः आनन्द टी. हिङ्गोरानीको सङ्ग्रह’ मा मुख्य आकर्षण थिए ।

यो समूहका अन्य वस्तुहरूमा गान्धीको ‘पोर्टेबल (सजिलै यताउता हिडाउन सकिने)’ चर्खा र चर्खा कात्ने तरिकासम्बन्धी नोटहरू समावेश थिए ।

“यो सङ्ग्रहलाई विशेष रूपमा आकर्षक बनाउने कुरा भारतको इतिहासका सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वलाई नजिकको व्यक्तिगत सम्बन्धको दृष्टिकोणबाट हेर्ने अवसर हो,” साफ्रोनआर्टका सह–संस्थापक दिनेश वाजिरानीले जारी वक्तव्यमा भन्नुभएको छ ।

“यो बिक्रीले ‘गान्धीको जीवन र विरासतप्रतिको स्थायी रुचि तथा भारतको स्वतन्त्रता आन्दोलनका परिभाषित व्यक्तित्वहरूमध्ये एकसँग जोडिने प्राथमिक स्रोत सामग्रीको विशेष आकर्षण’ लाई रेखाङ्कित गर्दछ,” कम्पनीले भनेको छ ।

भारतको इतिहासका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक गान्धीले बेलायती शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गर्नुभएको थियो र उहाँको आन्दोलनले विश्वभर यस्तै प्रतिरोध अभियानहरूलाई प्रेरित गरेको थियो ।

उहाँको सन् १९४८ जनवरीमा हत्या गरिएको थियो ।   (रासस/एएफपी)