२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित



अ+ अ-

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ ।

अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो ।

नेपाल एले जितका लागि दिएको १२३ रनको लक्ष्य पच्छाएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नर्दन टेरिटोरी स्ट्राइकले सुरुआतदेखि आक्रामक ब्याटिङ गरेको थियो । डाउट्जी होगेनबोजमले अविजित सर्वाधिक ५० रनको योगदान दिए भने जोर्डन सिल्कले अविजित ४२, कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए ।

नेपाल एका पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए ।

लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६, नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५, कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ र तृतराज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए । राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए भने शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे ।

यता नर्दन टेरिटोरी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए । नेपाल एले शनिबार बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ । रासस