३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तित्व फाउन्डेसनको स्वास्थ्य शिविर रोल्पामा



अ+ अ-

 काठमाडौं । अस्तित्व फाउन्डेसन नेपाल र जिल्ला अस्पताल रेउघा, रुकुमको सहकार्यमा थबाङ गाउँपालिका रोल्पाको  जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। 

नेपालको अति विकट तथा प्राथमिक स्वास्थ्य सेवा सुबिधाबाट बन्चित यस ठाउँका ६०० भन्दा बढी बासिन्दाले उक्त शिविरमा सहभागी भै स्वास्थ परीक्षण गराएको आयोजक अस्तित्व फाउन्डेसनले जनाएको छ ।

 फाउन्डेसनका अध्यक्ष  डा. श्रीधर खनालले शिविर आयोजना गर्नु पर्ने कारणबारे जानकारी दिँदै भन्नुभयो, “हामीले सोचेको भन्दा धेरै स्थानीय बासिन्दाले सहभागिता जनाउनु भयो । यो सहभागिताले हामीलाई हौसला मिलेको छ साथै आगामी दिनमा अझै यस ठाउँमा केही राम्रो काम गर्ने प्रेरणा मिलेको छ।” 

अस्तित्व फाउन्डेसनका सदस्य तथा रोल्पा हस्पिटल रेउघाका मेडिकल सुपेरीन्टेन्डेन्ट डा प्रकाश भट्टराईका अनुसार यस कार्यक्रमा अपाङ परिचय पत्र  वितरण सँगसँगै  स्थानीय रोल्पाबासीका लागि निःशुल्क स्वास्थ्य  शिविर सन्चालन गरिएको थियो । 

यो शिविरले विभिन्न विशेषज्ञ डाक्टरहरुको सेवा गाउँमै दिन सफल भएको थियो । स्त्रीरोग विशेषज्ञ डा अनिता श्रेष्ठ, बालविशेषज्ञ  डा.श्रीधर खनाल,  फिजिसियन डा.प्रकाश भट्टराई, जनरल  फिजिसियन  डा. मुखिया घले, दन्तरोग विशेष डा. पुजा कुवर, फिजियोथेरापिस्ट डा मिलन केसी, मेडिकल अधिकृत, डा आमोद सुवेदी, डा प्रतिभा सुवेदी र डा योगेन्द्र योगी, नेत्र  सहायक अमन चौधरी तथा जलजला स्वास्थ्य केन्द्र तथा अनुसन्धान केन्द्रमा जापानदेखि आएर लामो समयेदेखि निःशुल्क सेवा दिइराख्नु भएका  डा रिउकिची इसिदा स्वास्थ्य शिविरमा सहभागी हुनुहुन्थ्यो ।

सह अस्तित्वको  स्वीकार, शिक्षा र स्वास्थ्यमा पहुँच  बराबर  भन्ने नाराका साथ स्थापना भएको अस्तित्व फाउन्डेसनले क्यान्सर पीडित बाल बालिकाका लागि काम गर्दै आएको छ । 

कान्ति बाल अस्पतालमा आफ्नो सेवा दिइरहेको यस संस्थाले आगामी दिनमा गरिब तथा दुःखी परिवारका बालबालिकाको स्वास्थ्य स्थिति सुधार र स्वास्थ्य सेवा तथा शिक्षामा पहुँचका लागि काम गर्ने उद्देश्य लिएको फाउन्डेसनले जनाएको छ ।