९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र  ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी



अ+ अ-

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदैछ ।

यसअघी चलचित्रको लागी नायक नायिकाका साथै अन्य कलाकारको लागी पनि यसरीनै खोजी र छनौट गरिएको थियो । बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस चलचित्रको निर्माता रहेका छन्।

‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित रहेको छ । मुख्य कलाकारमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल र सम्पदा बानियाँ रहेका छन । पहिलो अडिशन मार्फत राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र आयुषी ढकाल  छानिएका हुन् । 

फिल्मका अन्य कलाकारमा नरेश पौडेलल, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गाना लगायतको अभिनय रहने छ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने छायांकनको जिम्मा सञ्जय लामाको काँधमा छ ।