१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर
अ अ+ अ-

काठमाडौ । राप्रपाले आगामी बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन कमान्डर तोकेको छ ।

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उमेदवार खडा गर्ने निर्णय गर्दै कमाण्डरहरु तोकेको हो ।राप्रपाले निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० बैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिको छ। बैठकमा हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।

बैठकले आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ। यसक्रममा ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरि आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा।धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सह महामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरेको छ ।

बैठकले पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको र यसरी जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।