२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीके राउतले बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटरव्याजपीडितलाई भेटे



अ+ अ-

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याजपीडितसँग भेट गरेका छन् । महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न अध्यक्ष राउत मातातीर्थमा पुगेका हुन् ।

चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरी हुँदै पीडितहरू आइतबार मातातीर्थ आइपुगेका थिए । पीडितलाई भेटेर राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टीले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएपनि सरकारले काम गर्न छाडेको बताए ।

‘सम्झौता भइसकेपछि पटक पटक किन आन्दोलन गर्नुपर्ने अवस्था आयो । हाम्रो त्यहीमा पनि असन्तुष्टि छ । सरकारले इमान्दारिता नदेखाएको भए अहिले दुख पाउनुभएको छ । यो विषयमा हामीले संसदमा आवाज उठाएको छौं । प्रधानमन्त्रीसँग आन्तरिक बैठकमा कुरा उठाएका छौं,’ अध्यक्ष राउतले भने ।

यदि सरकारले समस्या समाधान नगरे जनमत पार्टी पनि आन्दोलनमा सहभागि हुने अध्यक्ष राउतले बताए ।