• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नयाँ शैक्षिक सत्रका लागि चैत १५ भित्रै पुस्तक प्रकाशन गरिसक्ने



काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि यही चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरिसक्ने बताएको छ ।

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि अब करिब १० प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेको बताएको छ । बाँकी १० प्रतिशत यसै साताभित्र प्रकाशन गरिसक्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । केन्द्रले यसका लागि बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापेको र छापिसकेका पुस्तकहरु केन्द्रका शाखा कार्यालयमा पठाउने क्रम जारी राखेको छ ।

केन्द्रले उपत्यका नजिकैका केही जिल्ला र उपत्यकामा १५ दिनभित्र छपाइ कार्य सकेर उपलब्ध गराउने र चैत १५ गतेदेखि विक्री सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो । नयाँ शैक्षिक सत्रको सुरुआतमै विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने उहाँको भनाइ छ ।

सरकारले केन्द्रलाई यस वर्ष ६ देखि १० कक्षासम्मको निजी प्रकाशकलाई कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्न दिएको छ ।