५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ शैक्षिक सत्रका लागि चैत १५ भित्रै पुस्तक प्रकाशन गरिसक्ने



अ+ अ-

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि यही चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरिसक्ने बताएको छ ।

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि अब करिब १० प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेको बताएको छ । बाँकी १० प्रतिशत यसै साताभित्र प्रकाशन गरिसक्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । केन्द्रले यसका लागि बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापेको र छापिसकेका पुस्तकहरु केन्द्रका शाखा कार्यालयमा पठाउने क्रम जारी राखेको छ ।

केन्द्रले उपत्यका नजिकैका केही जिल्ला र उपत्यकामा १५ दिनभित्र छपाइ कार्य सकेर उपलब्ध गराउने र चैत १५ गतेदेखि विक्री सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो । नयाँ शैक्षिक सत्रको सुरुआतमै विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने उहाँको भनाइ छ ।

सरकारले केन्द्रलाई यस वर्ष ६ देखि १० कक्षासम्मको निजी प्रकाशकलाई कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्न दिएको छ ।