२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते



अ+ अ-

मस्को। रुसको बेल्गोरोद क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका युक्रेनी ड्रोन आक्रमणमा परी १० जनाको मृत्यु भएको र ७९ जना घाइते भएको क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले मङ्गलबार बताउनुभएको छ ।

क्षेत्रीय परिचालन मुख्यालयका अनुसार, बेल्गोरोद क्षेत्रका तीन जिल्लामा भएका आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।

गभर्नर शुभाएभका अनुसार पछिल्लो एक दिनमा उक्त क्षेत्रमा १८३ वटा ड्रोन खसालिएका छन् । सो अवधिमा युक्रेनले ‘मल्टिपल लन्च रकेट सिस्टम’ (एमएलआरएस) र तोपखानामार्फत सात पटक गोलाबारी गरेको तथा दुई पटक ड्रोनबाट विस्फोटक पदार्थ खसालेको उहाँले बताउनुभयो ।

रुस–युक्रेन द्वन्द्वको पछिल्लो चरणमा बेल्गोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण बढ्दै गएको रुसी अधिकारीले बताएका छन् । स्थानीय अधिकारीको दैनिक विवरणअनुसार, गत साता मात्रै उक्त क्षेत्रमा प्रत्येक दिन ९० भन्दाबढी ड्रोन खसालिएको जनाइएको छ ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले मङ्गलबार बिहान जनाएअनुसार, रातभरि रुसका विभिन्न क्षेत्रमा २०९ वटा युक्रेनी ड्रोन खसालिएका छन् । मन्त्रालयले भने उक्त घटनाबाट भएको सम्भावित क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । (रासस/सिन्ह्वा)