• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ

नयाँ शैक्षिक सत्रका लागि चैत १५ भित्रै पुस्तक प्रकाशन गरिसक्ने



काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि यही चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरिसक्ने बताएको छ ।

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि अब करिब १० प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेको बताएको छ । बाँकी १० प्रतिशत यसै साताभित्र प्रकाशन गरिसक्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । केन्द्रले यसका लागि बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापेको र छापिसकेका पुस्तकहरु केन्द्रका शाखा कार्यालयमा पठाउने क्रम जारी राखेको छ ।

केन्द्रले उपत्यका नजिकैका केही जिल्ला र उपत्यकामा १५ दिनभित्र छपाइ कार्य सकेर उपलब्ध गराउने र चैत १५ गतेदेखि विक्री सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो । नयाँ शैक्षिक सत्रको सुरुआतमै विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने उहाँको भनाइ छ ।

सरकारले केन्द्रलाई यस वर्ष ६ देखि १० कक्षासम्मको निजी प्रकाशकलाई कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्न दिएको छ ।