२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा सासंदहरुले राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की आछामी, तुल प्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. वेदुराम भुसाल, रमेशजंग रायमाझी, शेखर कुमार सिंहले संयुक्त रुपमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्तागराउनु भएको संसद सचिवालयले जनाएको छ ।

सासंसदहरुले विधेयकका बारेमा संघीय संसदको महासचिव समक्ष सूचना दिनुभएको छ । विधेयक प्रस्तुतकर्ता सदस्यहरुको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको हो ।