२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई



अ+ अ-

ताप्लेजुङ, २० भदौः अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।

सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा  रतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।  रासस