९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
अ अ+ अ-

बाँके। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेका बताउनुभयो । रेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु छ लाख एक हजार प्रदान गरेको छ ।

बागलुङ कालिका मन्दिरद्वारा ११ लाख हस्तान्तरण

बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ । समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा वाग्लेले सङ्कटको घडीमा बागलुङ कालिका गुठीले देखाएको यो मानवीय संवेदनशीलता र सहयोगको सराहना गर्नुभयो । उहाँले उक्त रकम बाढीपीडितको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत र पुनःरुत्थानमा उपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

बिपी प्रतिष्ठानद्वारा ३७ लाख सहयोग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग प्रदान गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका आर्थिक प्रशासन प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीहरुबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट सहयोगस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो ।

चितवनका स्थानीय तह राहतमा सङ्कलनमा

चितवनका स्थानीय तहले राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायत साधन पनि परिचालन गरिरहेका छन् ।

इच्छाकामना गाउँपालिकाका चार जना नागरिक बेपत्ता भएका जनाउँदै बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि रु ११ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाले रु ३५ लाख, माडी नगरपालिकाले रु. ४३ लाख ९८ हजार २०६, खैरहनी नगरपालिकाले रु १५ लाख सहयोग उपलब्ध गराउनुका साथै राप्ती नगरपालिकाले बाढीपछि नगरका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायत साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिरहेको नगरप्रमुख शमशेर लामाले जानकारी दिनुभयो ।

यसअघि भरतपुर महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन् । स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोतसमेत यस कार्यमा परिचालन गरिएका छन् । रासस