१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरेको छ । आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते दुई दिन छुट्याइएको छ । 

निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझसहितका प्रक्रिया पूरा गरी वैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारलाई नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय दिइनेछ । वैशाख १६ गते साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । वैशाख १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ । 

आयोगका अनुसार वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान हुने समयभन्दा ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागु हुने आयोगले जनाएको छ ।