१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएकाके छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

उनी पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचाररत थिए । मध्यरातको केही समय अगाडि ओएसए (अवब्स्ट्रक्टिव स्लीप एपनिया) का कारण उनको मृत्यु भयो,’ क्रिटिकेयर अस्पतालका निर्देशक डा. दीपक नामजोशीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बप्पी लाहिरी, भारतीय चलचित्र संगीतमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए । जस्ले, डिस्को डान्सर, डान्सडान्स, चलते चलते र नमक हलाल जस्ता फिल्महरूको लागि सुपरहिट साउन्डट्र्याकहरू रचना गर्नेका थिए । 

संगीतकार बप्पी लाहिरी आफ्नो ट्रेडमार्क सुनको चेन र सनग्लासले ड्यासिङ फिगरबाट निकै चर्चित रहेका थिए ।